विकासउन्मुख देश नेपालको समस्या बुझेका र विकसित देशलाई प्रणालीलाई नजिकबाट नियालेका लोक सिम्खडा सिद्धान्तकार , समाजसेवि र राजनीतिक व्यक्तित्व हुन । उनले अघि सारेको मालिकवादको बहस पनि नेपाली समाजमा भइरहेको छ । यसै सन्दर्भमा हामीले छोटो कुराकानी गरेका छौ
१) तपाईं राजनीतिक व्यक्तित्व पनि हुनुहुन्छ , नेपालको राजनीतिमा नयाँको बहस भैरहेको छ ,नयाँ चाहिँ के हो ?
अबको विकल्प भनेको गणतन्त्र र राजतन्त्र होइन मालिकतन्त्र हुनुपर्छ । जुन तन्त्रले गरिबका झुपडीमा लोकतन्त्रको दियो बल्नुपर्छ । देशको सार्बभौमसत्ताको स्वतः रक्षा गर्ने बिचारधारा हुनुपर्छ । देशमा सबै मालिक हुने मालिकतन्त्र स्थापित हुनुपर्छ ।
२) विकसित देशमा बसिरहनु भएको छ , उता र नेपालमा के फरक पाउनु भएको भयो ?
– सोच अनि पेशाको मर्यादा कायम हुनुपर्छ । कोही कतै रोग र भोकले नमरून ,करको सदुपयोग होस । बिकासका पूर्वाधारमा कुनै पनि कंजुस्याई गरिनुहुन्न, कानूनको पुर्ण पालना हुनुपर्छ । कुनै देशमा कानुनी राज र विकासको प्रत्याभूति हुँदा विकसित र अविकसित दुरी मेटिनेछ ।
३) तपाईं मालिकतन्त्रको नारासहित चुनाव पनि उठनु भयो , जनताबाट अनुमोदन हुनुभएन , तपाईंको मालिकतन्त्र किन जनताले बुझेनन ?
पैसाबिना डेग नचल्ने मतदाताको मनोबिज्ञान बन्यो । एक से एक पार्टीका नेताहरू देशप्रति थोरै पनि उत्तरदायी देखिएनन ।
मालिकतन्त्र वुझ्न अब एकपटक नेपालका स्कूलमा विद्यार्थीहरुलाई सम्झाउन जाने विचार छ । उनीहरूलाई बिचार दिने मन छ ।दही चिउरे प्रवृत्तिलाई चिर्नैपर्छ जुन अहिलेको परिस्थितिमा निकै कठिन छ । दहिचिउरे प्रवृत्ति नास नभै मालिकतन्त्र स्थापित हुन्न ।
४) नयाँ पुस्ताले तपाईंको बिचार बुझ्ला भन्ने के छ आधार ?
नयाँ पुस्तासँग सोच हाल विद्यमान पुस्ताको नितान्त अलग छ । पुराना पुस्ताका कारण गरिबीको पराकाष्ठामा जेलिनुको रहस्य थाह नयाँ पुस्ताले पाईसकेका छन । उनीहरुलाई आफ़नो हक अधिकार राज्यले लुटेको ज्ञान भैसकेको छ । धेरै विषयमा नयाँ पुस्तालाई सम्झाउन सके तिनले आफ्नु अधिकार आफै स्थापित गर्नेछन ।
५) देशमा त युवा नै नरहने अबस्था छ , यस्को जिम्मेवार नेताहरू मात्र हुन कि ? अरू कोही ?
हाललाई पलायन जस्ता देखिए पनि कक्षा १२ वा त्योपछीका पुस्ताको बुझाइ फराकिलो हुँदै गएको छ्।।
अध्यापन र बिश्वबिद्यालयको पूर्वाधार बलियो हुनुपर्छ । रोजगार सिर्जना हुनुपर्छ हामी यहि बस्छौ भन्ने पुस्ता पनि छ । देशमा राजनीति अस्थिरता रहिरहदा बिदेश जानेहरू झन बढनेछ्न ।
युवाहरूलाई आर्थिक बोझबाट मुक्त गरिनुपर्छ र तिनका बाबु आमाले रोज़गार पाउने हुनुपर्छ । देश बनाउनका लागि तु पूर्वाधार खड़ा गरिनुपर्छ। अनि पो पलायन रोक्न सकिन्छ ।
६) गैर आवासीय नेपालहरुको भुमिकाबारे केहि भन्नुहुन्छ कि ?
देशभित्र पैसा भित्राउन दिने नीति खोई? देशमा बिद्यमान नेता भनाउदाहरुले देशको विकासमा ध्यान दिएनन । गैर आवासीय नेपालीहरुले पनि देशमा केही गरे जस्तो लाग्दैन । कमाउधन्दा गर्नेहरू व्यक्तिवादी नै हुन । यस्तो प्रवृत्ति जता पनि हुदोरहेछ ।
पठनपाठनमा बिदेश गएका जो छन तिनको सोच भिन्न छ । उनीहरूलाई नेपालको माया छ।
देशमा केहि गर्ने वातावरण छैन । वातावरण भन्नाले हावा पानी मात्र होइन ।मेरो जोड़ त पहिला सामर्थ्य अनि पहिचान हो ।
७)तपाईंको कुरा सुन्दा बामपंथी जस्तो पनि लाग्छ , काहीं काङ्ग्रेसले भने जस्तो प्रजातान्त्रिक पनि सुनिन्छ , कहिलेकाहीँ नयाँ भनिरहदा राष्ट्रिय स्वतन्त्र पार्टी जस्तो पनि लाग्छ ? खास के हो तपाईंको बिचार र दर्शन ?
किताबमा पढ्नु भो होला , किताब आधारमा भिन्न देख्नु भो होला व्यबहारमा यी सबैको उस्तै छ्न ।
मेरो विचारमा धनबिना मानिसको कल्पना छैन । तर धनमा नैतिकता जोड़िनु पर्छ, अरु र म मा यही फरक छ ।
नागरिक सर्बोच्चताको कुरा गर्नेहरुले नागरिक अधिकारसमेत दिन सकेका छैनन । नागरिकको टाउकोमा घन हानेर नागरिक आर्थिक रूपमा मजबुत हुन सक्दैन । जब मालिक र दासको बिभाजन समाजमा रहन्छ , यस्तो समाजले प्रगति गर्न सक्दैन ।