गीतकार डा.ओम कृष्ण प्रसाईंको शब्द रहेको पुर्बेली भाकामा ‘यो जुनि काटौला ‘बोलको गीत रेकर्डिङ भएको छ।

काठमाडौ पुतलीसडकको एलेवल स्टुडियोमा रेकर्डिङ  भएको सो गीतलाइ चर्चित संगीतकार विकास चौधरीले संगीत भरेका छन् भने चर्चित गायक विशाल राई र गायिका सबु केसिले स्वर दिएका छन् ।

पछिल्लो समय गीत रचनामा अति नै ब्यस्त रहेका प्रसाईंको यो गीत समलाभाकामा रहेको छ।
‘रुकुम बक्सियोस कि मलाई रोल्पा बक्सियोस’ गीतबाट चर्चा कमाएका गायक विशालले यस गीतबाट अझ चर्चा पाउने आश देखिएको छ।

गीतकार डा.प्रसाईंले चाडै यस गितको  भिडियो  ल्याउने बताउदै भिडियो लाई   निर्देशक राज्य राई देमिनले निर्देशन  गर्ने र गीतको कोरियोग्राफर वरिष्ठ नृत्य निर्देशक कमल राइले गर्ने बताए।

यस गीतको एरेन्ज संजय हमालले गरेका हुन् भने अडियो मिक्सिङ गोविन्द सोनिले गर्नेछन् ।