अधिवक्ता रामेश्वर भण्डारी

नेपालको राजनीति, सामाजिक र आर्थिकको कुरा गर्दा नुवाकोट जिल्ला सबै भन्दा अगाडि आउनु पर्ने थियो तर बर्तमान अबस्थामा जिल्लाको पछिल्लो गतिविधिलाई हेर्दा खासै बिकास भएको चाहि देख्न सकिदैन । नुवाकोटको बिकासलागि नजिकबाट हेरिरहेका केहि नुवाकोटका नागरिकहरूले २०४० सालमा २ घन्टा मै साझा यातायातका निलो बस चडेर काठमाडौ आएका कुरा आज झलझली सम्झिरहेका छ्न । नुवाकोटको राजनीतिमा नुवाकोटबाट धेरै मान्छेहरूले राष्ट्रिय राजनीतिको भुमिका निर्वाह गरिसकेका छ्न् । बिशेष गरि पन्चायत शासनकाल देखि नुवाकोटमा मन्त्री हुन शुरूवात भएको देखिन्छ । पन्चायत कालमा  नुवाकोटको पहिलो मन्त्रीको रुपमा पन्चायत नेता जितसिंह खड्कालाई लिन सकिन्छ । मन्त्री जितसिंह खडकाको पालमा बिशेष गरि खानेपानी अनि विद्यालय क्षेत्रमा केहि मात्रामा पहल भएको देखिन्छ । त्यसैगरी पन्चायत कालमा नै डा. प्रकाश चन्द्र लोहनीले लामो समय नुवाकोटको तर्फबाट प्रतिनिधित्व गर्दै अर्थमन्त्री भए । लोहनीको पालामा पनि खानेपानी ग्रामीण सडक अनि बिजुली कृषिमा केहि मात्रमा बिकास भएको देखिन्छ । पन्चायत शासनको अन्तपछि फेरि अर्जुन नरसिंह के.सी. स्वास्थ्य ,शिक्षा , शहरी लगायतका मन्त्री भए उहाँको पालामा केहि कार्यकर्ताहरुलाई जागिर खुवाउने काम भयो । शिक्षा र स्वास्थ्यमा केहि मात्रामा भए पनि नुवाकोटको बिकासमा टेवा पुगेको देखिन्छ । उहाँले पनि नुवाकोटका बिकासमा जति गर्नुपर्ने थियो त्यो काम हुन सकेन । त्यसैगरी महेन्द्र पाण्डे परारास्ट्र मन्त्री भए भुकम्पको समयमा पनि उहाँले नुवाकोट बिकासमा केहि पल गरेको त देखियो तर नुवाकोटको बिकासमा खासै देखाउने गरि उहाँले पनि काम गर्नुपर्ने थियो तर गर्नसक्नु भएन । त्यसैगरी डा. रामशरण महत लामो समयको नेपालको पटकपटक अर्थमन्त्री भए उहाँको पालमा नुवाकोटको सडक खाने पानी अनि शिक्षा क्षेत्रमा केहि मात्रामा पहल भयो तर उहाँको पालामा केहि उहाँको कार्यकर्ता लाई बैकमा जागिर खुवाउने काम भयो । उहाँको कार्यकालमा नुवाकोटको बिकास धेरै हुनुपर्ने थियो तर हुन सकेन । त्यसपछि डा. प्रकाश शरण महत जलश्रोत, उर्जा, परास्ट्र हुदै हाल अर्थमन्त्री नुवाकोटबाट भएका छ्न । उहाँले जुन गतिमा जिल्लाको बिकासमा ध्यान दिनुपर्ने थियो तर उहाँले पनि दिनु भएको छैन । नेकपा माओवादी पाटीबाट पोष्ट बहादुर बोगटी उर्जा , संस्कृति पर्यटन मन्त्री भए केहि मात्रामा पहल भयो तर खासै जिल्लाको बिकास हुन सकेन । त्यसैगरी नेकपा माओवादीका नेता हित बहादुर तामाङ युवा तथा खेलकुद मन्त्री भए उहाँको पालमा केहि मात्रामा खेल क्षेत्रमा अनि सडक सन्जालमा केहि मात्रामा मात्र पहल हुन पुगेको देखिन्छ । त्यसैगरी नेकपा माओवादीका महिला मन्त्री राधिका तामाङ कृषि राज्य मन्त्री भएका थिए । उहाँको समयमा पनि कृषि क्षेत्रमा केहि मात्रा भए पनि कृषिमा काम भएको देखिन्छ  तर नुवाकोटको कृषि क्षेत्रमा हुनुपर्ने बिकास हुन सकेको देखिदैन । त्यसै गरि प्रदेशमा पनि मन्त्री भएका छ्न । प्रदेशका मन्त्रीहरुमा केशव राज पाण्डे , बद्री मैलाली अनि बहादुरसिंह लामा बागमती प्रदेशका मन्त्री भए तर नुवाकोटको बिकासको गतिलाई हेर्दा कछुवा गतिमा अगाडी बढीरहेको देखिन्छ खासै जिल्लाको बिकासमा गति पैदा गरेको देखिदैन । नुवाकोट जिल्लाबाट यति धेरै जना मन्त्री हुदाहुदै पनि नुवाकोट किन बिकास हुन सकेन भन्नेकुरामा आज नुवाकोट बासीहरुले बहस गर्नुपर्ने बेला आएको देखिन्छ । नुवाकोट बासी नागरिकलाई कहिले सडक, खानेपानी , स्वास्थ्य ,शिक्षा, रोजगार अनि आधुनिक कृषि बन्दै आफ्नो पक्षमा भोट ल्याउने भन्दा अरुकुरा नेताहरूले सोच्दै सोच्दैन्न अनि कसरी जिल्लाको बिकास हुन्छ । मन्त्रीहरुको जिल्लाको रुपमा परिचित नुवाकोट जिल्ला बिकास अनि जनताको जनजीवन अतिनै कमजोर स्थितिमा आइपुगेको देखिन्छ । नुवाकोट बासी नागरिकहरुले अब सबै स्थानीय निकाय , प्रदेश सरकार र संघीय सरकारका सांसद मन्त्री लगायत स्थानीय सरकारका अध्यक्ष उपाध्यक्ष नगर प्रमुख उप प्रमुख सबैलाई जिल्लाको बिकास अनि जनताको जनजीवनमा परिवर्तन हुनेगरी काम गर्न खबरदारी गर्नुपर्ने देखिन्छ ।