खोटांगको काखमा छ सानो सानो गाउँ

जन्मभुमि भन्दा प्यारो छैन कुनै ठाउँ

सबैलाई प्यारो लाग्छ जननी र जन्मभुमिको माटो
यहीँबाट सुरु भयो मेरो जिन्दगी बाटो

मनै लोभ्याउने रमणीय राम्चे डाँडाँ ईजारा गाउँ
मन हाम्रो नहोस् कहिले खोटांग भन्दा टाढा जाउँ

माथि पञ्चमी राम्चे डाँडैमा घामै घमाईलो
लेखबेसी वनपाखा गाउँघर नै रमाईलो

सुनकोसिको तिरैतिर छ खोटांग जाने बाटो
सुन्दर शान्त रमणीय जन्म भुमिको माटो !!

विविशा पौडेल
खोटाङ