गजल ,
आँखाले पनि बेला बेला आँसु पस्किन सक्छ
कहिलेकाहीँ खुसिले पनि मुटु चस्किन सक्छ
मेरो मृत्युको खबर फैलाएछ एउटा पागलले
उ अझै सपनामा छ के थाहा झस्किन सक्छ
आज म चिप्लिएको खबर नी पाएको छ उस्ले
मेरो पुरानो दुश्मन न हो यो सुनेर हस्किन सक्छ
झुठो मुस्कानको वर्णन गर्न अगाडी छ दुनियाँ
यहा दुश्मनकै अघि पनि त उ मस्किन सक्छ
निरा बिस्वकर्मा
शित्गंगा ९, अर्घाखाँची