मुक्तक १
यसपाली त छोरी आउँछे भनी बाटो हेर्दै होलिन् आमा
खुसी हुँदै आफुले पनि त्यो धोती बेर्दै होलिन् आमा
परदेशिएकि छोरीले अब त दशै खर्च ल्याउछे भन्दै
मुस्कुराउदै गाउँलेको अगाडी बोली फेर्दै होलिन् आमा
मुक्तक २
मेरो ओठको सबै मुस्कान लिएर जाउ
धेरै बोल्छु त्यसैले यो मुख सिएर जाउ
तिमीलाई माया गरेर गल्ती गरेछु भने
मरिदिन्छु आउ मलाई बिष दिएर जाउ।।
जेनिशा