काठमाडौँ ।  रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा बिहीबार ललितपुरको जावलाखेलमा सम्पन्न भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितको उपस्थितिमा बिहीबार अपरान्ह रातो मत्स्येन्द्रनाथको भोटो देखाइएको हो । ललितपुरको जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो गुठी संस्थान, ललितपुर कार्यालयका प्रतिनिधिले देखाउने चलन छ ।

लगनखेलको थतीटोल चौबाटोमा रहेको रातो मत्स्येन्द्रनाथको रथलाई तानेर चार दिनअघि जावलाखेलमा पुर्याइएको थियो । रथ जावलाखेल पुर्याइएको चौथो दिनमा भोटो देखाउने प्रचलन छ । सोहीअनुसार बिहीबार भोटो देखाइएको हो ।