एन्टिना घनश्याम

काठमाडौ । गीतकार ई. प्रमोद खतिवडाको रचना रहेको ‘तिम्रो साथ’ आधुनिक गीतको भिडियो नयाँ बर्ष २०८०को अबसर पारेर भर्खरैमात्र सार्बजनिक गरिएको छ। नेपाल सरकारका निजामती कर्मचारी समेत रहेका ई. खतिवडाको यो म्यूजिक भिडियो तेस्रो हो ।
चर्चित गायक प्रविन बेडवालले स्वर दिएको सो गीतमा सबिन लिम्बुले संगीत दिएका छन् । उक्त गीतको म्यूजिक भिडियो बिभोर पोखरेलले निर्देशन गरेको हुन् ।
चर्चित युवा मोडल आयुब के.सी. र शोफी घरेलले अभिनय गरेको भिडियोलाई मिलन शंकरले छायाङ्कन गरेका हुन् । उक्त म्यूजिक भिडियो एफोरए ईन्टरटेनमेन्ट युटुभ च्यानलले बजारमा ल्याएको हो ।