काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । भारी बर्षाका कारण मूलपानी मैदानमा बिहान ९ बजे सुरु हुनुपर्ने खेल हुन नसके पछि साउदीसँग अंक बाडेर नेपाल समुह एवाट सेमिफाइनलमा प्रवेश गरेको हो  ।

भारी वर्षासँगै बिहान ८:३० मा हुनु पर्ने टस १२ बजेसम्म पनि हुन नकसे पछि खेल रद्ध गरेर  नेपाल र साउदी अरबले अंक बाँडेका हुन । आजकोा यो निर्णयसँगै तीन खेलबाट नेपालले पाँच अंक पुर्‍याएको छ भने २ अंकसहित साउदी अरब चौथो स्थानमा छ ।