राजधानीबाट नजिक जिल्ला नुवाकोट शैक्षिक क्षेत्रमा पनि राम्रो होला भन्ने कुरा अन्य जिल्लाबासीहरुलाई परेको देखिन्छ । नुवाकोटमा पञ्चायत कालमा स्कुल खोल्न हाम्रो पुर्खाले ठुलो संघर्ष गरे अनि स्कुल खोल्न सफल पनि भए । नुवाकोटका मुख्य मुख्य ठाउँमा माध्यमिक विद्यालय खोलियो धेरै विद्यार्थीमा शिक्षाको ज्योति छर्ने काम भयो । नुवाकोटका धेरैले शिक्षा क्षेत्रमा प्रगति पनि गरे । नुवाकोटले शिक्षा मन्त्रालयसम्मको नेतृत्व लिन सफल भयो । नुवाकोटका धेरै जना ब्यक्तिहरु शिक्षा क्षेत्रमा बिज्ञसम्म भएका छ्न । प्राध्यापकदेखि शिक्षा सचिव समेत भएका छ्न । आज नुवाकोटका महत्त्वपूर्ण रुपमा स्थापित विद्यालय अबस्थाको बारेमा कस्तो छ भन्ने कुरा कसैले पनि चासोको रुपमा लिएका छैन ।
२०४६ को जनआन्दोलनपछि स्कुल खोल्ने होडबाजी नै चल्यो नुवाकोटमा । फेरि माओवादी जनयुद्धकालमा स्कुल खोल्ने काम कम भयो । अन्धाधुन्ध खोलेको विद्यालयमा आफ्नो पहुँच हुने राजनीति दल अनि बाठाटाठाहरुले आफ्नो मान्छेहरुलाई जागिर खुवाउने थलोको रुपमा स्कुललाई बनाए । राजनीति दलका कार्यकर्तादेखि नेतासम्मले टोलटोलमा विद्यालय चाहिन्छ भनी अभियान नै चलाउने काम गरे अनि खोल्न सफल भए । मुलुकमा गणतन्त्र आएपछि प्रा.बि.तहलाई मा.बि. मा.बि. तहलाई 10+2 र कलेज क्याम्पस बनाउने काम भयो । जनताको सहयोग चाहियो भनी लाखौं लाख पैसा जम्मा बनाएर क्याम्पस खोले तर आज गाउँमा विद्यार्थी छैनन ।
किन नुवाकोटका क्याम्पस र स्कुलमा विद्यार्थी घटे भन्ने कुराको मतलब कसैलाई पनि छैन । त्यहि स्कुलमा पढाउने शिक्षकलाई समेत मतलब छैन । स्थानीय सरकारदेखि प्रदेश र सघिय सरकारसम्म प्रतिनिधित्व गर्नेहरुलाई मतलब छैन । हुने खाने मास्टर पसले कर्मचारी आफ्नो छोराछोरी बोडिङ स्कुलमा पढाउने निमुखा गरिब किसानका छोराछोरी जतिलाई सरकारी सामुदायिक विद्यालय पढने स्थिति छ । शिक्षक १ कक्षा देखि स्नातकसम्म उहि ड्बल तेब्बर सुबिधा खाने प्राबि पढाउने हैसियत भएकाहरु प्राध्यापक भएर कुर्सी हल्लाउँदै गफ लगाउने स्थिती छ ।
काठमाडौबाट नेता आउने भने कुरा थाहा पाएपछि ३ दिन स्कुल नजाने शिक्षक पनि छ्न । राजनीति कार्यकर्ता ब्यबस्थापन समिति भए पछी स्कुलको हालत आज यस्तो भएको हो । विद्यार्थी भर्नाको समय आज भोली चलिरहेको छ तर नुवाकोटका ६०% विद्यार्थी काठमाडौको सरकारी सामुदायिक विद्यालय तरुण ,मानसिह, नेपालटार लगाएत स्कुलमा भर्नाका लागि लागि परिरहेका छ्न । नुवाकोटका स्थानीय सरकार निन्द्रामा निदाइरहेको छ । अरु प्रदेश र सघिय सरकार भाषणमा ब्यस्त छ्न । यहि तरिकाले जाने हो भने नुवाकोटका धेरै विद्यालय बन्द हुने स्थिति हुन सक्छ । स्थानीय सरकारले अहिले विद्यालय मर्जको प्रक्रियामा जाने सकेत देखाएको छ । यो बिकल्प होइन राम्रो मान्छेहरूलाई जिल्लामा ठाउँ नदिने खराब ब्यक्तिहरुलाई विद्यालयको जिम्मेवारी दिदा आज नुवाकोटका सामुदायिक विद्यालयको हाल्त यस्तो हुन पुग्यो ।त्यसैले बेलैमा सरोकारवालाहरुको ध्यान जान जरुरत देखिन्छ ।