सामाजिक , बेथितिमाथि व्यंग्य गरेर बनाइएको सिरियल झम्टा दर्शकले रुचाएका छ्न । नवीन घिमिरेको निर्देशनमा बनेको यस सिरियलमा नवीन घिमिरे , शक्ति परियार , रोमा लम्साल , दामोदर ढकाल दिपक , सुमन तिमल्सिना , पवि अर्याल , शिशिर ढकाल , रामेश्वर भण्डारी लगायत कलाकारको अभिनय रहेको छ । सुख शान्ति मिडियाको प्रस्तुति रहेको यस सिरियल प्रत्येक बुधबार सुख शान्ति मिडियाको आधिकारिक युटुब च्यानल सुख शान्ति टिभी मार्फत प्रसारण हुन्छ । सिरियल झम्टाको कथा चर्चित आख्यानकार दामोदर ढकाल दिपकले लेखिरहेका छ्न भने छायांकन शक्ति परियारले गरिरहेका छ्न ।
निर्देशक नवीन घिमिरे भन्छन् – `समाजमा घटिरहेका राजनीतिक , सामाजिक र समसामयिक कथामा हामीले यो सिरियलमा प्रस्तुत गरेका छौँ । दर्शकको माया पनि पाइरहेका छौँ । सकारात्मक प्रतिक्रियाले काम गर्ने उत्साह जागेको छ।´