काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकि अध्यक्ष तथा नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ डिल्लीबजारस्थित कारागार पुगेकी छन्।

हिजो राष्ट्रपति कार्यालयमा शपथ लिएलगत्तै मन्त्री श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीका संरक्षक समेत रहेका आफ्नो श्रीमान रेशमलाल  चौधरीलाई भेट्न कारागार पुगेकी हुन् । कारागारमा करिब १५/२० मिनेट कुराकानी गरेर मन्त्री श्रेष्ठ  मन्त्रालय फर्किएको बताइएको छ।