काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल सामान्य सवारीमै बसन्तपुरस्थित कुमारी घर पुगेका छन्। आज दिउँसो ४ बजे अघिपछि एक एकवटा गाडीसहित पौडेल बसन्तपुर आइपुगेका हुन्।
कुमारी घरभित्र प्रवेश गर्नुअघि पनि सर्वसाधारणलाई आउजाउमा रोक लगाइएको थिएन ।
आज बिहान राष्ट्रपति पौडेललाई कुमारी घरको तर्फबाट पूजाको प्रसाद पुर्याइएको थियो।
राष्ट्रपतिमा निर्बाचित भएपछी पौडेलले सवारी जाम नगर्ने उद्घोष गरेका थिए।