आई कहिल्यै नसकिने चैत-बैशाख मेरा
लाई कहिल्यै नसकिने प्रीति नौलाख मेरा’
राष्ट्रकवि माधव घिमिरेको चर्चित कविता `बैशाख ´ मा जस्तै बसन्त ऋतु धेरै सर्जकको साहित्य र कलामा सशक्त रूपमा आएको छ । नेपाली सुगम संगीतको क्षेत्रमा बसन्त ऋतु चर्चा धेरै गीतहरुको मार्फत गरिएको छ । कोहिलीको कुहुकुहु , झरनाको झरझर , नदीको निलो प्रवाह सर्जकहरुको लागी सिर्जनाको लागी उर्वर भएको छ ।
एउटा गीतकारको रूपमा मैले यो अबधिमा सिर्जनात्मक कामलाई निरन्तरता दिएको छु । बसन्त ऋतुमा एउटा न एउटा गीत नलेखेको भन्ने छैन । पछिल्लो पटक त रेकर्ड पनि भएको छ ।
महामानव गौतम बुद्धको जन्म समेत यहि बसन्त ऋतुमा भएको हो । धेरै बौद्धमार्गीहरुले बैशाख महिनालाई पवित्र महिनाको रूपमा मान्ने चलन छ। घमाइलो वातावरणका बीच प्राणी जगत नै रमाएको हुन्छ । चराहरुको रमाएर उडेका छ्न । मलेवाहरु नदी किनारमा देखिन्छन् । हरिणहरु बन बिहार गरिरहेका हुन्छन् ।
भनिन्छ प्रकृतिको बिचमा रहनु जीवनको सुन्दरता हो । बिज्ञानले पनि यो कुरालाई स्वीकार गरेको छ् । आध्यात्मिक ध्यानीहरु बसन्त ऋतुमा घना जंगलमा ध्यान गर्न रुचाउँछन् । यो वातावरणले मानिसलाई नछुने भन्ने छैन । बसन्त आएको खुशीयालीमा नेपालमा होली पर्वसमेत मान्ने चलन आएको छ।
म पनि एउटा गीतकार भएकोले यो पटक एउटा भएपनि गीत रेकर्ड मुडमा छु । सकेसम्म त्यो गीत बसन्त ऋतुलाई सम्बोधन गर्न खालको हुनेछ ।
मानिसले जीवनमा खोजेको उत्साह हो । उमंग हो । प्राकृतिक वातावरण हो । यो सबै बसन्त ऋतुमा हुन्छ । यसैले यो ऋतु खास छ ।