काठमाडौं । १९ वर्षमुनिकाे विश्व कप क्रिकेटमा छनाेट हुने नेपाली टाेलीका सदस्यलाई नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनही १/१ लाख रुपैयाँ दिने घाेषणा गरेकाे छ ।
आगामी वर्ष श्रीलङ्कामा हुने १९ वर्षमुनिकाे विश्व कपमा छनाेट भएकाेमा टाेलीलाई बधाई दिँदै क्यानले १/१ लाख रुपैयाँ दिने घाेषणा गरेकाे हाे । बिहीवार भएकाे खेलमा यूएईलाई ७ रनले हराउँदै नेपाल विश्व कपमा छनाेट भएकाे हाे ।