गोकर्णेश्वर। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ मा अबस्थित रिडर्स इन्टरनेसनल मोडेल  स्कुल रिम्समा खेलकुद सप्ताह शुरु भएको छ।पढाईका अलवा बिद्यार्थी हरुलाई अतिरिक्त क्रियाकलापमा समेत अगाडी बढाउने मुल उद्देश्यका साथ प्रत्येक बर्ष खेलकुद सप्ताह शुरु गरिएको प्रीन्सिपल बालमुकुन्द कार्कीले बताउनुभयो।प्रीन्सिपल कार्कीले बिगतका बर्षहरुमा रिम्सले थुप्रै प्रतियोगितामा सफलता हासिल गरेको भन्नुहुदै फुटबल ग्राउन्डको अभावले पछिल्लो समय खेलाडी भाइबहिनिहरुले प्रतियोगितामा भाग लिन नसकेको समेत बताउनुभयो। कार्यक्रमको उद्घाटन गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसालले गर्नुभएको थियो।कार्यक्रममा  प्रमुख अतिथी गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक रिसालले समाजमा हुने लागू औषद दुर्बेसनी लगायतका कुलतबाट छुटकारा गराउन खेलकुदको महत्वपूर्ण भुमिका रहने बताउनुहुदै नगरपालिकाले खेलकुदका लागि  ठाउ हेरिसकेकाले चाडै खेलकुद ग्राउन्डहरु बन्ने जनाउनुभयो।उहाले खेलकुद क्षेत्रको लागि बजेट समेत छुट्ट्याइएको भन्दै नगरपालिकामा छुट्टै खेलकुद समिति गठन गरिएको बताउनुभयो। कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नन्बर ८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठ ,वडा सदस्य सीता तिमिल्सिना ,गोकर्णेश्वर नपा खेलकुद बिभाग प्रमुख सन्जय लामा,कराते प्रशिक्षक मान बहादुर तामाङ ,समाजसेवी कुमार श्रेष्ठ , छहारी युवा क्लबका अध्यक्ष लक्ष्मण श्रेष्ठ ,लगायतका ब्यक्तिहरुको उपस्थिति रहेको थियो।उक्त कार्यक्रममा नगरप्रमुख रिसाल लगायत अन्य अतिथिहरुलाई प्रीन्सिपल कार्कीद्वारा मायाको चिनो प्रदान गरिएको थियो।उद्घाटन कार्यक्रममा बिद्यार्थीहरुले विभिन्न नृत्य प्रस्तुत गरेका थिए।आज बाट शुरु भएको खेलकुद सप्ताह एक हप्ता सम्म चल्ने छ। खेलकुद सप्ताहमा बिद्यार्थीहरुलाई विभिन्न खेलहरुमा प्रतिस्पर्धा गराइने जनाइएको छ।हेरौ केही तस्बिरहरु