नेपालको वर्तमान अबस्थालाई हेर्दा आज मुलुकको राजनीति ,आर्थिक, सामाजिक र शासन ब्यबस्था लगायत राज्यको मुलभुत बिषयमा गम्भीरता साथ सोच्नुपर्ने बेला आएको छ । मुलुकमा दिनप्रतिदिन आर्थिक , सामाजिक र राजनीतिक समस्या देखापरिरहेको छ । सामाजिक रुपमा आज मुलुकको अबस्था हेर्दा सामाजिक बिभेद, गरिबी र पछौटेपन छ । जस्को कारण आत्महत्या , आत्मदाह बढेको छ । सामाजिक अपराध बढेको छ । सामाजिक कुरितिका अनेकौं पिडा आज मुलुकले भोग्नु परेको छ ।
आत्मदाहको घटनाले आज मुलुकमा युवाहरूलाई ठुलो मनोबैज्ञानिक असर परेको देखिन्छ । काठमाडौ लगायत शहरमा बेरोजगारी समस्याले युवाहरू भौतारिरहेका छ्न । रोजगारको लागि दौडिरहेको युवाहरूलाई राज्यले रोजगार दिन सक्ने सम्भावना कतैबाट पनि देखिदैन । बेरोजगारी समस्याले नेपालमा ठुलै असर पार्ने सम्भावना देखापरेको छ । मुलुकको यो समस्यालाई समाधान गर्न राज्य नै लाग्नुपर्ने देखिन्छ ।
सामाजिक अपराधलाई न्यूनीकरण नगरेको खण्डमा सामाजिक स्थिरतालाई जोगाउन धेरै नै कठिनाइ हुन्छ । अहिले मुलुकको आर्थिक अबस्था ज्यादै नै कमजोर अबस्थामा आइपुगेको छ । चारैतिर आर्थिक मन्दी छ । शहरमा मात्र नभएर देशमा नै ठुलो असर परेको छ । किसानको तरकारी विकेको छैन । तरकारीदेखि लिएर खाद्यवस्तुसम्ममा महगी छ । बिक्रीवितरणमा ठुलो समस्या आएको छ ।
किसानले खेतबारीबाट आफ्नो उत्पादन नस्ट गर्नु परेको छ ।बजारमा महगीको कारण सामानको भाउले आकाश छोएको छ । मुलुकमा सस्थागत भ्रष्टाचार ब्यापकरुपमा बढेको छ । सबै क्षेत्रमा आज ब्यापकरुपमा बढेको सस्थागत भ्रष्टाचारको कारण सरकारी काममा जनताको आक्रोश उतिकै बढदै गएको देखिन्छ ।
भ्रष्टाचारले सबै क्षेत्रमा असर पारेको देखिन्छ । गरिब जनताले बाँच्नको लागि ठुलो सघर्ष गर्नुपर्ने परिस्थिति छ । यो परिस्थिति पार गर्नुपर्ने अबस्था तत्काल छैन । मुलुकको सबैभन्दा ठुलो शत्रु आज सस्थागत भ्रष्टाचार भएको छ । आम सचेत नागरिकले भ्रस्टाचारको विरुद्ध सशक्त अभियान चलाउनुपर्ने देखिन्छ ।
( लेखक नेशनल इमेज न्युजको सम्पादक र कानुन व्यवसायी हुन )