मुक्तक १
ठुलो महल छैन मेरो सानो माटोको घर छ गाउँमा!
अक्सिजनको लागि छैन भेन्टिलेटर तर पिपल वर छ गाउँमा!
टाउको दुख्दा एम्बुलेन्समा अस्पतालसम्म पुग्ने तिमिसँग के तुलना गरु
जिवन र मृत्युसगँ लडेका मान्छे बोक्ने स्टेचर छ गाउँमा!

मुक्तक २
दमित आवाजमा रुन्छन् बा आफ्नै खोटो तक्दिर देखेर।
आफन्तहरु सबै टाढिएका हुन् हाम्रो दुख पिर देखेर।
कठिन सङ्घर्ष गर्दा गर्दै मन आत्तिएर आउछ
बुढेसकालमा पनि भारिले थिचेको बा को शिर देखेर