काठमाडौं । एमालेको जनबर्गीय सङ्गठन नेपाल खेलकुद महासङ्घको अधिवेशन फाल्गुन  ७ देखि ९ सम्म   विराटनगरमा हुने भएको छ । अधिवेशनमा वर्तमान अध्यक्ष परशुराम बस्नेत विरुद्ध अहिले धेरै खेलकर्मी  उभिएका छन् । चेतन राज गिरि, ओमकृष्ण प्रसाईँ, उमेश केसी, नन्दा बस्याल र दीपक न्यौपाने, लगायत परशुरामविरुद्धको कित्तामा उभिएका छन् । यसै गरी, प्रभात कटुवाल , गोविन्द भट्टराई र सुवास श्रेष्ठ यस कित्ताको विरुद्धमा रहेको जनाइन्छ । एमाले खेलकुद विभागका सचिव मेघराज पौडेलको समेत यसै कित्तालाई  साथ भएका कारण आसन्न अधिवेशन बस्नेत कित्ताका लागि कठिन हुने अनुमान छ।
 अहिले उम्मेदवारमा परशुरामको अलावा चेतन गिरि र ओमकृष्ण प्रसाईँको पनि चर्चा चलेको छ । यसै गरी प्रभात विक्रम कटुवाल र सुवासको दाबी रहेको जनाइन्छ ।

यी तीनै जना लामो समय देखि खेलकुदमा आबद्ध हुन् । यसै गरी महासचिवमा केसीको दावेदारी छ । केसी चेसका अन्तर्राष्ट्रिय आर्बीटर हुन् । उनीसँग शान्त माया परियार र रामकृष्ण खड्का पनि दाबेदार छन् । शान्त माया पार्टी राजनीतिमा अब्बल मानिन्छन् । धर्म श्रेष्ठ र धरम लामा पनि महासचिवका दाबेदार मानिन्छन् । त्यसो त नेपाली बेसबललाई माथिल्लो उचाइमा उठाउन सफल दीपकलाई पदाधिकारीको बलियो दाबेदार मानिएको छ ।