काठमाडौं । आज देशैभर श्री पन्चमी पर्व अर्थात बिद्याकी देबि सरस्वतीको पुजा आराधना गरि मनाइएको छ।यस्तै सरस्वती पुजाको अवसरमा गोकर्णेश्वर नगरपालिका ८ मा रहेको रिडर्स मोडेल स्कुलमा समेत भब्य रुपमा सरस्वती पुजा मनाइएको छ।
प्रमुख अतिथि  साहित्यकार, लेखक बिजय चालिसेको प्रमुख आतिथ्यतामा मनाइएको उक्त कार्यक्रममा समाजसेवी कुमार श्रेष्ठ,बरिस्ठ पत्रकार भगत्दास श्रेष्ठ,साहित्यकार
बाजुराम पौडेल, समाजसेवी दिपक भण्डारी लगायत थुप्रै ब्यक्तिहरुको उपस्थिति रहेको थियो।कार्यक्रममा बिद्यार्थीहरुबाट निर्माण गरिएको शैक्षिक प्रदर्सनि समेत गरिएको थियो।शैक्षिक प्रदर्सनि हेरिसकेपछी लेखक साहित्यकार चालिसेले यस्ता कार्यक्रम  एक दिन मात्रै नगरेर प्राक्टिकल रुपमै पठनपाठनमा समेटनु पर्ने धारणा राखे।कार्यक्रममा सहभागी अधिकाङ्सले यस्ता कार्यक्रमले बिद्यार्थीको शैक्षिक स्तर वृद्धि हुने उल्लेख गरे।कार्यक्रमको केही तस्वीरहरु