पवन प्रसाद साह/वीरगंज

राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा क्षेत्र नं-३ को आयोजनामा गर्दोल वडा नं-२ मा गरीब तथा विपन्न परिवारलाई ४० थान कम्मल वितरण गरिएको छ ।
र्‍याजुल हक मियाको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य अंगद ठाकुर,पुर्व केन्द्रिय सदस्य नागिना यादब,शान्ति देवी खड्का,मधेस प्रदेश संगठन विभाग प्रमुख किरणमान डंगोल,जिल्ला उपाध्यक्ष अबध किशोर साह,जिल्ला प्रबक्ता शम्भु घिमिरे,राजेस चौहान,चन्द्रीका सहनी,लगायत थुप्रै पार्टीका नेता कार्यकर्ताहरुको उल्लेखनीय उपस्थिति रहेको थियोे । बक्तब्यको क्रममा  जनताको समस्या समाधान गर्न आफुले कुनै कसर बाकी नराख्ने संगठन बिभाग प्रमुख किरणमान डंगोलले बताउनुभयो भने आफ्नो पार्टी  मातहतको मन्त्रालय अन्तरगत जनताको काममा ढिलाइ र कुनै समस्या भए  जानकारी गराउन  केन्द्रिय सदस्य अंगद ठाकुरले आग्रह गरे ।  कार्यक्रमको सहजीकरण नागिना यादवले गर्नुभएको थियोे ।