सचेत नागरिक अगुवा अधिबक्ता रामेश्वर भण्डारीले अनावश्यक ठाउँमा राज्यको बजेट प्रयोग भइरहेको र राज्यको यो रबैयाले नागरिकमा आक्रोश बढ्दै गएको तर्क गरेका छ्न । उनले आफ्नो धारणा सामाजिक संजालमार्फत लेख्दै आएका छन ।
उनी लेख्छन् -जनताको घरमा जाडोमा ओढने एउटा कम्बल छैन । बिहान बेलुकाको छाकटार्ने सक्ने अबस्था देखिदैन । औषधी मुलो त कहाँ हो कहाँ । यता कमिसन आउने ठाउँमा चाँहि भ्युटावर, ठुल्ठुला पार्क, नेताहरुको नाममा प्रतिष्ठान करोडौं करोडको बजेट उत्पादन क्षेत्रमा भन्दा अनुउत्पादन क्षेत्रमा ब्यापक खर्च भएको छ । जनतामा ब्यापक निराशा थपिदै जाने क्रम देखिएको छ । हामी सचेत नागरिकको तर्फबाट नेपाल सरकार समक्ष एउटै आग्रह छ । नेपाली जनताको यो अबस्थाबाट परिवर्तन होस नागरिकले आफ्नो जनजिबिका सहज रुपमा जिउन सकुन नत्र जनताको आक्रोश अझ बढ्ने स्थितिको सृजना नहोस भन्ने अनुरोध गर्दछौं ।