सप्तरी / सप्तरीको सुरुङ्गा नगर प्रमुख गिता चौधरीले  सुरुङ्गा नगरपालिकाको प्रशासकिय भवन शिलान्यास ग्गर्नुभएको छ।

नगर प्रमुख चौधरीले वडा नंम्बर ५ कुशहा (बनिगमा) स्थित प्रशासकिय भवन निर्माण परियोजना स्थलमा एक समारोहकाबीच आज भवन शिल्यास गर्नुभएको हो  ।

नगर प्रमुख गीता चौधरीले भवन शिलान्यास कार्यक्रममा बोल्दै नगरपालिकाले चालु आर्थिक बर्षमा २ करोड रुपैया बिनियोजन गरेको जानकारी दिनुभयो । भवन आगामी दुई बर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको  जानकारी उहाले दिनुभयो ।

नगरपालिका स्थापनाकालदेखि  हाल सम्म भाडाको घरबाट प्रशासकिय सेवा प्रदान गर्दै आएको थियो । स्थानीय जग्गा दाताहरु

१) महेश चौधरी  -१० कठ्ठा

२)दुर्गानन्द चौधरीले – १० कठ्ठा

३)आनन्द चौधरी -५ कठ्ठा

४)हरिकान्त चौधरी – ५ कठ्ठा
५)कालिन देबि चौधरी- २ कठ्ठा

६)बलिकान्त चौधरी -२ कठ्ठा

७)जितनी चौधरीले- १ कठ्ठा

सहितका जग्गा दाताहरुले डेढ बिगा जग्गा उपलब्ध गराएका थिए । बिगतमा प्रशासकिय भवन मधुपट्टिमा हुने या कुशाहामा हुने भन्ने विविध बिबादका कारण पुर्ब जनप्रतिनीधिहरुले प्रशासकिय भवन बनाउन सकेका थिनन् ।

भवन र कोठाको अभावमा सेवा ग्राहीहरुको कामकाजमा अपठ्यारो भएको नगरपालिकामा कार्यरत कर्मचारीहरु बताउछन् । अहिले मधुपट्टि र कदमाहाबाट नगरपालिकाको सेवा प्रबाह भईरहेको छ ।