*************** * * *स्वास्थ्यको पर्याय योग************** बिहान होस् वा बेलुका”गरौं योग बनौं निरोग”….२
योगले देहलाई आत्मासँग र आत्मालाई परमात्मासँग जोड्छ मानवलाई मानवतासँग जोड्छ,अनि राष्ट्रियता सँग जोड्छ एक राष्ट्रलाई अर्को राष्ट्रसँग जोड्छ ।
रिस ,आक्रोश ,द्रोह, दर्पलाई त्यागेर वायुमा जोड्छ । योगबाट निरोगको यात्रा तय गरौ..२ कुरीति, कुसंस्कार, कुविचार, कुलतलाई छाडेर देह र आत्मालाई एकाकार गरी दीर्घायु परमायु प्राप्त गरौ। ऊर्जाले भरिपूर्ण जीवन बनाऊँ!
पतञ्जलीको अष्टाङ्ग योगमार्गलाई अनुसरण गरौं र जीवनलाई सार्थक बनाऊँ! यम , नियम र आसनलाई शरीरसँग /जोडौं। प्राणायम , प्रत्याहार र धारणालाई मनसँग गाँसौं
अनि समाधिमा गएर शून्यमा लीन भई परमात्मासँग एकाकार भइ जीवनलाई सफल बनाऊँ योग गरौ, चित्तवृत्ति रोकौ……२ तनाव,घृणा,लोभ,ईर्ष्या,डाह अनिद्रा लगायत सम्पूर्ण दुर्गुणलाई दूर गरौ
मुटु,मिर्गौला,धमनी,फोक्सो,कलेजो,आँखालाई स्वस्थ्य बनाऊँ, मानसिक तनावको अन्त्य गरौं योगले जोडौं जीवन, योगले जोडौं तन र मन ….२
गरौ योगासन सबै समस्याको एउटै समाधान !..२ गरौं दण्डासन, गरौं बज्रासन अनि गरौं मण्डुकासन,
गरौ शीर्षासन ,गरौं उसट्रासन गरौं ब्रह्मचर्यासन,
नछुटाऊँ गोमुखासन गरौं नमस्कारासन अनि गरौ सूर्य नमस्कारासन,
गरौं त्रिएकताडासन गरौं पवन मुक्तासन अनि गरौ मकरासन र भुजङ्गासन ! गरौ अथर्ववेदको पालना ………….. यदि शरीर अस्वस्थ छ भने केही नगरौ …२ मस्तले नृत्यमा भुलौ, गीत गाऊँ, नाचौं ,हात/पाउ चलाऊँ ,जिउ मर्काऊँ ,भक्तियोगमा लीन बनौं ,पाइला चालौं, घुमौ, भुलौ र झुलौ सङ्गीतमा..२ बिहान होस् वा बेलुका”गरौं योग बनौं निरोग योगको वर्णन गर्नु सूर्यलाई हत्केलाले छेक्नु हो, योगको वर्णन गर्नु हातमा आकास थाप्नु हो , योगको वर्णन हैन प्रयोग गरौं योगको वर्णन हैन दैनिकी बनाऊँ
बिहान होस् वा बेलुका”गरौं योग बनौं निरोग”. रचना/ वाचन : नीरु नेपाल ( प्रेम नुरानी)