सुर्य कुमार घिसिङ,   आज माघेसंक्रान्ति पर्व देशभर मनाइदैछ । पहाडमा माघे संक्रान्तिको महत्त्व छ ।थारु समुदायले मनाउने माघी तराईमा विशेष रूपमा मानिन्छ । पुसमा पाकेको माघमा खाने चलन चल्दै आएको छ ।
माघ १ गतेदेखि उत्तरायण शुरु हुन्छ । दिनभन्दा रात छोटा हुँदै जान्छन् । तातो मौसमको आभास हुन्छ । यो पर्वपछि बिस्तारै गर्मीयाम सुरु हुन्छ ।
सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्छ भन्ने मान्यता रहदै आएको छ । यसैले माघे सङ्क्रान्तिलाइ मकर सङ्क्रान्ति पनि भनिन्छ । मकर सङ्क्रान्तिमा मकर मेलाहरु पनि लागेका हुन्छन् ।
आज देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, तमोर , इन्द्रावती आदि स्नान गरिन्छ । स्नान गरेपछि पवित्र हुने मान्यता रहदै आएको छ ।
उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान भक्तजनको भीड लाग्छ । यी ठाउँमा पनि आज मेला लाग्ने गर्छ ।
माघे सङ्क्रान्तिमा घ्यू, चाकु, तिलकाअ परिकार, तरुल, पालुङ्गो, खिचडी आदी परिकार खाने चलन छ ।
तरुल , सखरखण्ड पुसको अन्तिम दिनमा पकाएर राखी माघमा खाने प्रचलनसमेत रहदै आएको देखिन्छ ।
आजको दिनको रसुवा नुवाकोटको सिमाना बेत्राबती बजारमा गोरु जुधाउने मेला लाग्ने गर्छ । नुवाकोटको तारुका पनि गोरु जुधाउने प्रतियोगिता नै हुन्छ । राजधानी काठमाडौंदेखि त्यहाँसम्म मानिसहरु गोरु जुधाएको हेर्न जाने गर्छन् । मेला नै लाग्छ ।

माघे सङ्क्रान्तिको मान्ने चलन पहाड देखी तराइ हुँदै हिमालसम्म फैलिएको छ । आफ्नु ठाउँको विशेषता अनुसार यो पर्व मान्ने चलन रहदै आएको छ। यसैले नेपालीजनलाइ यो पर्वलाई उत्साहित भएर मान्ने गरेका छ्न ।
माघी , माघे सङ्क्रान्ती तथा मकर मेलाको सबैमा शुभकामना ।