काठमाडौं। चौथो सिजनको ‘द भ्वाइस अफ नेपाल’को विजेता करण राई बनेका छन् । शुक्रबार भएको ग्राण्ड फिनालेमा दर्शकको भोटको आधारमा उनी विजेता बनेका हुन् ।

विजेता बनेका करणले नगद २५ लाखसहित पल्सर एन १६० मोटरसाइकल, साढे दुई तोला सुनको सिक्री, ग्यालेक्सी जेड फोल्ड फोन पुरस्कार प्राप्त गरे ।

करण राजु टिमबाट प्रतिस्पर्धामा रहेका थिए । टिम राजेश समूहबाट सविना योङहाङ लिम्बू फस्ट रनरअप घोषित भएकी छन् भने टिम प्रमोदबाट योगेश मगर सेकेण्ड रनरअप घोषित भएका छन् । टिम प्रविशाबाट शाइल लिम्बू थर्ड रनरअप बने ।