भोजपुर । नेकपा एमालेका नेता तथा पूर्व मुख्यमन्त्री शेरधन राईले आफूले भोजपुरको विकासमा योगदान दिए पनि जनताले मुल्यांकन नगरेको बताएका छन् ।
निर्वाचनमा माओवादीका उम्मेद्धार सुदन किराँतीसँग पराजीत भएपछि पत्रकार सम्मेलन गर्दै राईले अर्को चुनावमा आफूले न्याय पाउने आशा गरे ।
भोजपुरका जनताले मुल्यांकन गर्लान् भन्ने आसा थियो तर गलत साबित भयो उनले भने।
राईले निर्वाचनको हारलाई आफूले सहर्ष स्वीकार गरेको भन्दै साथ दिने मतदातालाई धन्यवाद समेत दिए ।
उनले गठबन्धनले आफ्नो चरित्र हत्या गर्ने, मतदातालाई पैसामा किनेको, भोजभतेर गरेको समेत आरोप लगाएका छन् ।