काठमाडौं । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली काङ्ग्रेसका उम्मेदवार  दिपक खड्का निर्बाचित भएका छन् । आज सम्पन्न पछिल्लो मत परिणाम अनुसार खड्काले ३२१५८ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी नेकपा एमालेका राजेन्द्र प्रसाद गौतमले २६७१९ मत मात्रै  प्राप्त गरे।यस अघिको निर्बाचनमा समेत खड्का साम्सद हुँदै खानेपानी राज्य मन्त्री भइसकेका हुन् ।