भोजपुर । भोजपुरबाट प्रतिनिधिसभा सदस्यका लागि २८५७८ मत सहित गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका नेता सुदन किराँती निर्वाचित भएका छन् । अन्तिम मतगणना अनुसार सुदनले २३८५ मत अन्तरले बिजय हासिल गरेका हुन् ।
किराँतीका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार तथा प्रदेश १ का पुर्ब मुख्यमन्त्री शेरधन राईले २६१९३मत प्राप्त गरेका छन् ।निर्वाचनमा यहाँ यी दुई  उम्मेदवारहरुलाई रोचकताको साथ हेरिएको थियो।