काठमाडौं । काठमाडौं क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्य र प्रदेश “क” र “ख”  पुरै  क्षेत्र नेपाली  काङ्ग्रेसले जितेका छन् ।यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा  काङ्ग्रेसका सन्तोष चालिसे १५१५८ मत सहित निर्वाचित भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्ण राईले १११९६ मत प्राप्त गरेका छन् ।त्यस्तै प्रदेश “क” तर्फ काङ्ग्रेस कै छिरिङ दोर्जे लामा ४५५८ मत सहित निर्बाचित भएका छन् भने एमालेका चन्द्र लामाले ३४१५ मत प्राप्त गरेका छन् ।यसै क्षेत्रबाट प्रदेश “ख” तर्फ काङ्ग्रेसका युवा नेता बिमल ठकुरीले सान्दार बिजय हासिल गरेका छन् । ठकुरीले १०६१७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका रामेश्वर फुयालले ८२४७ मत प्राप्त गरेका छन् ।