काठमाडौं । काठमाडौं क्षेत्र नं. ३ प्रदेश क तर्फ नेपाली काङ्ग्रेसका छिरिङ दोर्जे लामा निर्बाचित भएका छन् । प्रदेश क तर्फका अन्तिम मतगणना अनुसार लामाले ४५५८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका चुन्डी लामाले २२७६ मत प्राप्त गरे। त्यस्तै एमालेका चन्द्रमान लामाले १४१५ मत प्राप्त गरेका छन् । युवा नेता छिरिङ दोर्जे लामा यस अघिको निर्वाचनमा समेत यसै क्षेत्र बाट प्रदेश सभा सदस्यमा निर्बाचित भएका थिए।