२०५७ सालमा ललितपुरमा जन्मिएकी लिभा ढुंगेलको आफ्नो स्थाई घर बिराटनगर हो। हाल भक्तपुर  दधिकोटमा बसेर उच्च शिक्षा हासिल गर्दै आएकी  २२ वर्षिय लिभा ब्याचलर तेस्रो बर्षमा अध्ययनरत छिन् ।अध्यन सगै  अहिले कलाकारिता क्षेत्रमा व्यस्त भइरहेकि उनको  म्युजिक भिडियो देखि टेलिश्रृंखलामा समेत भ्याइनभ्याइ छ ।उनले एक दर्जन टेलिसिरियल र म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन्  । लिभाले चर्चित सिरियल बुहारी,नारी,पापी सासु लगायतका सिरियलहरु बाट दर्शकको मन जित्न सफल भयकी छिन्। हँसिलि,सालिन, मिलनसार लिभा  अग्लि र सुन्दरि पनि छिन्। सबैलाई समान ब्यबहार गर्ने ढुंगेल कलाकारिता क्षेत्रमा राम्रो भबिस्य देख्छिन् ।आफुलाई हर प्रतिस्पर्धात्मक कृयाकलापमा संलग्न गराउन रुचाउँछिन् ।नेपाली खाना मन पराउने लिभा घरको आफु जेठि छोरी भएको र आफ्नो एउटा मात्र भाइ  रहेको बताउँदै भावुक बनिन्।   उनको भाई बिदेशी भुमिमा छन्।  एक दिन सम्पुर्ण नेपाली दर्शक हरुको मन-मस्तिष्कमा अड्डा जमाउने उनको दाबी छ। उनको प्रयास सफल होस हाम्रो तर्फबाट हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछौँ।