युवाहरुको कथामा आधारित सर्ट फिल्म निर्माण भएको छ ।हालै बजारमा आएको सर्ट फिल्मको नाम “स्टुडेन लाइफ” हो स्कुल कलेजमा अध्ययनरत युवायुवतीको भोगाइ आधारित यस छोटो चलाचित्रको लेखन, निर्देशन, छायांकन र सम्पादन प्रवेश राईले गरेका हुन । राजकुमार राई, प्रतिक्षा कार्की, सुवास लकान्द्री, इशान श्रेष्ठ, अनिशा खत्री, अमित ठाकुर आदि कलाकारको अभिनय रहेको सर्ट मुभीलाई दर्शकले रुचाएका छ्न ।
यस् छोटो चलाचित्रको आउने भागहरुमा अझै उत्कृष्ट बन्नेमा राईको जिकिर छ ।चलाचित्र नौलो प्रतिभा टिभी नामक युटुब च्यानलबाट सार्बजनिक भएको हो।