सिन्धुलीमा जन्मेकी जेनि क्विन नवकलाकार हुन । मोडेल र कलाकारको रूपमा नेपाली सिने जगतमा प्रवेश गरेकी जेनि प्लस टु अध्ययन गर्छिन । अभिनय र मोडेलिङ उनको रुचिको क्षेत्र हो । भविस्यमा एक सफल कलाकार र मोडेल हुने उनले लक्ष्य रहेकोछ । उनले अभिनय गरेको एक प्रोजेक्ट यहीँ मंसिर महिनामा सार्वजनिक हुँदैछ ।
निर्देशक दुर्गा खवास उनमा एकखालको सम्भावना रहेकोे बताउँछन् । मेहनत गर्दा जेनी राम्रो कलाकार हुन सक्छिन । दुर्गा भन्छन् – `सफल कलाकार हुन निरंतरता चाहिन्छ । साधाना चाहिन्छ । एकप्रकारको सपना पनि चाहिन्छ ।´
दुर्गाको भनाइमा जेनि पनि सहमत छ्न । एउटा कलाकार अभिनय / मोडेलिङ / अनुहार सबै कोणबाट फिट हुनुपर्ने कुरामा उनको सहमति छ । यस्को निम्ति घमण्ड हैन , साधाना चाहिन्छ भन्छिन जेनि ।