काठमाडौं ।निजि बिद्यालयहरुको छाता संगठन प्याब्सन जिल्ला उपाध्यक्ष तथा नेपाल सेन्ट्रल हाइ स्कुलका प्रीन्सिपल सुर्य भण्डारीले  किताबी ज्ञानले मात्रै बिद्यार्थीहरुको शैक्षिक स्तर वृद्धि नहुने भन्दै पढाईका अतिरिक्त खेलकुद, मनोरञ्जन लगायतका अन्य गतिविधि समेत सिकाइनुपर्ने औल्याएका छन् ।पछिल्लो समय भण्डारीले सामुदायिक बिद्यालयहरुको तुलनामा निजि बिद्यालयहरुले बिद्यार्थीहरुलाई यस्ता अतिरिक्त शिक्षा प्रदान गर्न थालेको उदाहरण दिदै  प्याब्सनले प्रत्येक बिद्यालयहरुलाई अतिरिक्त शिक्षा प्रदान गर्न आग्रह गरेको समेत बताएका छन् ।