काठमाडौं । शैक्षिक फिल्म संस्कारको बिशेष प्रदसनी गोकर्णेश्वरमा अबस्थित विड्स एकेडेमीमा आज प्रदसन गरिएको छ। बालबच्चाहरुले कसरी आफ्नो संस्कार राख्ने भन्ने मुल बिषयबस्तु रहेको उक्त फिल्मको निर्देशन घनश्याम तिमिल्सिना एन्टिनाले गरेका छन् ।फिल्म हेर्ने अधिकाङ्स बालबालिकाहरुले फिल्म राम्रो बनेको सुनाए।फिल्ममा पारिवारिक संस्कार लाई राम्रो सङ्ग उतारिएको छ।