काठमाडौं । निजि तथा आवासीय बिद्यालय सङ्गठन (PABSOK)द्वारा आयोजित कक्षा १० को बुस्ट अप परिक्षामा बुनपा १२ कपनमा रहेको पायोनियर स्कुलका छात्र अदित श्रेष्ठले उत्कृष्ट नतिजा सहित प्रथम स्थान हासिल गर्न सफल भएका छन्
। गत असोज २६ गतेदेखी कार्तिक ३ गतेसम्म संचालन भएको परिक्षामा १६ वटा बिद्यालयका ३५० जना बिद्यार्थिहरुको सहभागिता रहेका थिए।उत्कृष्ट नतिजा ल्याउन सफल छात्र अदित श्रेष्ठलाई यहि कार्तिक २३ गते बिद्यालय प्राङ्गणमा  बिद्यालयकि प्राध्यानध्यापक सुस्मिता मैनालीले नगद एक हजार पाँच,खादा सहित सम्मान गर्नुभएको थियो।