सिहदरबारमा आगो लगाईदिन्छु कस्ले के गर्न सक्छ मलाई?
म जम्मै काठमाण्डौ जलाईदिन्छु कस्ले के गर्न सक्छ मलाई?

सरकार!तैले नेपाल आमाको सन्तान रुवाई म हेरिरहेको छु!
म!नेपाल आमालाई रुवाईदिन्छु कस्ले के गर्न सक्छ मलाई?

यहाँ जस्ले जे पनि गर्न मिल्छ,जहाँ जहिले पनि मिल्ने रहेछ
म पनि सगरमाथा पल्टाईदिन्छु कस्ले के गर्न सक्छ मलाई??

युवा बेचेर देश बनाउछु भन्दै के को फुर्ती लगाउछस सरकार!
साला!म यो देश नै उठाईदिन्छु कस्ले के गर्न सक्छ मलाई? रचनाकार -साबित्रा उमारा