1. सुर्य कुमार घिसिङ ।दशै आएको छ । दशै धेरै नेपालीहरुले मनाउने चाड हो । यो चाड सामाजिक सद्भाव , भाइचारा , भेटघाट र मेलमिलापसँग सम्बन्ध राख्ने चार्ड हो । पछिल्लो समय यो चाडलाई प्रतिस्पर्धामा मान्ने चलन वढेर गएको छ । पल्लो घर ठुलेले जसरी मान्छ , वल्लो घरको साने पनि उसैगरी दसै मान्न खोज्ने स्थिति छ , चलन छ ।आयो दसै रमाउदै रमाउदै , गयो दसै रिनको भारी बोकाउदै भन्ने नेपाली उखान पुरानै हो । झन अहिलेको उपभोक्तावादी जुगमा त दसैले धेरै नै खर्च गराउने अबस्था छ । नयाँ लुगा ,मासु , टिकाटालो इत्यादि प्रतिस्पर्धा गर्दा ब्ययभार बढने अबस्था सिर्जना हुने हो , आर्थिक क्षति हुने हो ।
    प्रतिस्पर्धा असल कर्ममा गर्नुपर्छ । जस्तो समाजमा राम्रा काम गर्ने , बाटोघाटो बनाउने , खानेपानीको ब्यबस्थापन गर्ने आदि कार्य दसैमा नै गर्न सकिन्छ । कतिपय क्लब सांस्कृतिक कार्यक्रम गरेर मनोरञ्जन दिन्छन् भने कतिपय क्लब बाटो , खानेपानी आदीको ब्यबस्थापन गर्छ्न । अझ केही क्लबले चिठ्ठा कार्यक्रम राखेको पनि पाइन्छ । यसैले सचेत पहलकदमी आवस्यक छ ।
    नेपालीमा एउटा शब्द छ गच्छे अनुसार । हामीले आफ्नु गच्छे अनुसार कर्महरु गर्यौ भने हाम्रो र परिवारको निम्ति हितकर नै हुन्छ । आफ्नु क्षमता अनुसार आम्दानी र खर्चलाई ब्यबस्थापन गर्न जरुरी छ । आम्दानी भन्दा धेरै खर्च आर्थिक तनाव मात्र दिदैन मानसिक तनाव पनि दिन्छ । दसै तनावग्रस्त होइन तनावरहित भएर मनाऔ ।