काठमाडौं ।२०६६ साल देखि गोकर्णेश्वर ७ मा संचालित नियो निम्बस बचत तथा ऋण सहकारी सस्था लिमिटेडले आफ्नो १३ औ बार्षिक साधारण सभा सम्पन्न गरेको छ। सस्थाका अध्यक्ष श्रीराम दाहालको सभापतित्वमा भएको सभामा  सस्थाका सल्लाहकारहरुको समेत उपस्थिति रहेको थियो। अध्यक्षको प्रतिबेदन प्रस्तुत गर्दै सस्थाका  अध्यक्ष दाहालले सस्थाले सबै सेयरधनीहरुको सेयर सुरक्षित गरिरहेको भन्दै सबै सेयरधनिहरुलाई खाली हात नपठ्याउने बताए । उनले अहिले सस्थाले आफ्नै अफिस बिल्डिङ खरिद गरेको भन्दै सस्था मुनाफा मै रहेको बताए।कार्यक्रममा सस्थाका कोषाध्यक्ष बिदुर न्यौपानेले सस्थाले अहिलेसम्म हासिल गरेको मुनाफाको प्रतिबेदन प्रस्तुत गरेका थिए।

त्यस्तै लेखा बारे लेखा समिती संयोजक सरोज आचार्यले प्रष्ट पारेका थिए।कार्यक्रम सस्थाका सचिब रामकृष्ण पुडासैनीले संचालन गरेका थिए।