काठमाडौं । कागेश्वरी मनोहरा मुलपानीमा अबस्थित बिद्या आर्जन इङलिस स्कुलले आज पुर्ब बिद्यार्थी पुनर्मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।२०५८ साल देखि एस एल सि शुरु गरेका यस बिद्यालयले एस एल सि उतिर्ण पुर्ब बिद्यार्थीहरुलाई सम्मान समेत गरेका थिए।कार्यक्रममा बोल्दै प्रमुख अतिथी कागेश्वरी मनोहरा नगरपालिका प्रमुख उपेन्द्र कार्कीले यो बिधालय नगरभित्रकै उत्कृष्ट बिधालयहरुको सुचिमा पर्न सफल रहेको भन्दै यस बिधालय प्रती धन्यवाद प्रकट गरे।त्यस्तै स्वगत मन्तव्य राख्दै यस बिधालयका प्रीन्सिपल घनेन्द्र भट्टराईले यहा बाट शिक्षा हासिल गरेका विभिन्न बिद्यार्थीहरु अहिले विभिन्न तह तप्काका पुगेको बताउदै सबैको उज्वल भबिस्यको कामना गरे।कार्यक्रममा यश बिधालयकि पुराना शिक्षिका तुलसा बिष्टलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।कार्यक्रममा यसै ६ नम्बर वडाका अध्यक्ष प्रकाश फुयाल ,हिन्दु अभियान्त डा.चिन्तामणी योगि लगायतले बिधालयको प्रसम्सा गर्दै आआफ्नो धारणा राखेका थिए।कार्यक्रम यसै बिधालय ब्यबस्थापन समितिका अध्यक्ष गणेश दाहालको सभापतित्वमा सम्पन्न भएको थियो।साथै यस बिधालयले पुर्ब बिद्यार्थीहरुको पुनर्मिलन केन्द्र समेत गठन गरेका छन् ।