काठमाडौं । बेलायतकी महारानी एलिजावेथको निधन भएको छ। बिबिसीका अनुसार महारानी एलिजावेथको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको हो।

स्कटल्यान्डमा रहेको बालमोरल क्यासलमा उनको निधन भएको बिबिसीले जनाएको छ। बिहीबारै बकिङ्हम प्यालेसले एउटा वक्तव्य जारी गर्दै उनको स्वास्थ्यमा समस्या देखिएको बताएको थियो।

उनी बेलायतमा सबभन्दा लामो समय, ७० वर्ष सात महिना अवधि शासन गर्ने महारानी हुन्। उनी सन् १९५२ मा महारानी बनेकी थिइन्। अब उनीपछि उनका जेठा छोरा चार्ल्स बेलायतका राजा बन्नेछन्। रानी एलेजावेथका चार्ल्ससहित चार सन्तान छन्।