म हराएको छैन
कोसिस गरिराको छु
मन पराएको छैन
कोसिस गरिराको छु
हो तिमीसँग बोल्दा,
तिमी भित्रै हराउँछु म।
खै कसरी भनम प्रिय
भित्रैदेखि मन पराउँछु म।
मलाई पनि खोज्छन होला
तिम्रा ति सल्बलाउदा आँखाहरू
मेरै बोली सुन्छन होला
मनन गर्ने गहकिला भाकाहरु
खोज्नु मलाई तिम्रा ति मनमा
महसूस गर्नु मलाई तिम्रा ति धड्कनहरुमा
घन्टौसम्म कुरा गर्दा नि!
पत्ता लगाउन सकिन
तिमी बोलिरहयौ
,म सुनिरहे
यो कान थाकेन
एकोहोरो तिमीलाई हेरिरहे
मन पराउँछु की सोचिरहे
डुब्न मन त मलाई पनि छ नि
तिम्रो मायाको गहिराईमा
फूल्न मन त मलाई पनि छ नि
तिम्रो मायाको फूलबारीमा
बिउ छरेको छैन्
त्यसैले त होला
आजै माया उम्रेको छैन्
बस बारी खनेको छु
तिम्रै बन्छु भनेको छु
म हराएको छैन
कोसिस गरिराको छु
मन पराएको छैन
कोसिस गरिराको छु