कुश्मा । पर्वतको जलजलामा बुधबारदेखि चौथो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको पहिलो दिन न्यु डायमन्ड एकेडेमी र आयोजक दिदीबहिनी एफएमबीच भएको खेलमा न्यु डायमन्ड एकेडेमी विजयी भएको छ। न्यु डायमन्डले २५-३, २५-२, २५-६ को सोझो सेटमा जित निकालेको हो। दोस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मीले अर्को विभागीय प्रतिद्वन्द्वी एपीएफ क्लबलाई ३-२ को सेटमा हरायो। आर्मीले दुई स्टे २५-२१, २५-१५ ले जित्यो। एपीएफले २५-१७, २५-९, १५-९ को तीन सेट आफ्नो पक्षमा पारेको थियो।

अर्को खेलमा नेपाल पुलिस क्लबले यु डायमन्ड एकेडेमीलाई २५-२२, २५-२१, २५-१७ को सेटमा हरायो। न्यु डायमन्डकी सफल खेलाडी प्रतिभा माली अहिले घाइते भएका कारण न्यु डायमन्ड उनी बिनै खेलिरहेको छ। बिहीबार लिग चरणको अन्तिम खेल नेपाल पुलिस क्लब र आयोजक दिदीबहिनी एफएमबीच हुनेछ। त्यसपछि सेमिफाइनल खेल हुनेछ।

प्रतियोगिताको विजेताले दुई लाख, उपविजेता टोलीले एक लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। महिलाहरूको व्यवस्थापनमा सञ्चालनमा रहेको रेडियो दिदीबहिनीको दसौं वार्षिकोत्सवको अवसरमा राष्ट्रिय महिला भलिबल आयोजना गरिएको हो।