नुवाकोट मुन्थलाका बिष्णु रिमाल नेपाली कला क्षेत्रमा निरन्तर अगाडि बढ्दैछ्न ।सानै उमेरमा गीत गाएर उनले आफ्नु पहिचान स्थापित गराएका छ्न । उनले गाएको शितल दिने पिपल छायाले बजारमा चर्चा रहेको छ । बिलाउदै गएको लोकभाकामा उनले राम्रो काम गरेका छ्न ।
उमेरमा दुईदसक वरिपरि रहेका रिमालले गीत गाएर म्युजिक भिडियो नै बनाउनुलाई अनौठो मानिएको छ । उनी भन्छन् मेरो सानै उमेरदेखि कला क्षेत्रमा रुचि थियोे । गायक नै बन्छु भन्ने थिएन तर परिस्थितिले गायन क्षेत्रमा लागियो ।भबिस्यमा पनि यहि क्षेत्रमा आफ्नु नाम राख्ने योजना छ । आफुले गरेको काम धेरै मान्छेसम्म पुगोस् आफुले गाएको गीत धेरैले हेरुन भन्ने मेरो चाहना हो ।
केहि समयमा उनको नयाँ गीत आउदैछ ।