महाशाखाका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले सूचना प्राप्त भएको आधा घण्टाको समयमा नै हराएको मोटरसाइकल फेला परेको जानकारी दिनुभयो । “हामीलाई बा ४८ प ६१८६ नम्बरको स्कुटर हराएको भनेर दरबारमार्गस्थित ट्राफिक प्रहरीमा सूचना आयो, सबै मातहतका युनिटलाई तत्कालै खबर गर्‍यौँ , कलङ्कीमा बसेका ट्राफिक प्रहरीले मोटरसाइकलसहित मानिसलाई पक्राउ गर्न सफल भए”, श्रेष्ठले भन्नुभयो ।

उहाँले कुनै पनि घटना समयमै जानकारी गरायो भने त्यसको कारण खोज्न र हराएका वस्तु फेला पार्न सजिलो हुन्छ भन्ने यो एउटा उदाहरण भएकोसमेत बताउनुभयो ।