राजापुर, बर्दिया । राजापुर गेरुवा समाज काठमाडौं र सफा सुनौलो नेपाल, काठमाडौँले राजापुर नगर र गेरुवा गाउँपालिकाका विभिन्न विद्यालयमा निःशुल्क स्कुल ब्याग र स्टेशनरीका सामग्री वितरण गरेको छ। राजापुर र गेरुवाका विद्यालयमा १ देखि ५ कक्षासम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई  निःशुल्क रूपमा झोला वितरण गर्न सुरु गरिएको हो ।  कपी, कलम, ज्यमितिसहितको झोला पाउँदा विद्यार्थी तथा अभिभावकहरू प्रसन्न भई  सफा सुनौलो नेपाल र  राजापुर गेरुवा समाज काठमाडौँलाई  हृदय देखि धन्यवाद दिँदै हार्दिक आभार प्रकट गरेका छन्।
अमर शहीद माविमा आयोजित झोला वितरण कार्यकममा राजापुर न पा ४का वडा अध्यक्ष रमन रेग्मी, ७ का वडा अध्यक्ष मथुरा थारु, कांग्रेस नेता जन्मजय तिमिल्सिना, दिप नारायण श्रेष्ठ लगायतको हातबाट झोला वितरण गरिएको स्थानीय कमल पाण्डले काष्ठमण्डप डेलीलाई बताए ।
स्मरण रहोस राजापुर गेरुवा समाजले गत शनिबार काठमाडौंको थानकोटस्थित त्रिभुवन पार्कमा भव्यरुपमा पिकनिक तथा मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न गरेको थियो । काठमाडौंलाई आफ्नो कर्मथलो बनाउने र पढ्न आएका विद्यार्थीहरुको समेत उपस्थिति रहेको थियो ।