नेपाली कला जगतमा परिचित कलाकार हुन बिमला ठकुरी ।साना ठुला पर्दाका दर्जनौ भिडियोमा अभिनय गरेकी उनी नाम चलेकी मोडेल समेत हुन ।उनले अभिनय गरेको चलचित्र लाइट मन प्रदर्शनको तयारीमा रहेको छ । उनी म्युजिक भिडियोहरुमा समेत अभिनय गरेर चर्चामा छिन । उनी कालिकोटमा जन्मेकी हुन ।
सानै उमेरदेखि कलाकार बन्ने रहर थियोे उनको । आज त्यो रहर पेशामा बदलिएको छ ; सपनामा बदलिएको छ लक्ष्यमा बदलिएको छ । यो उनको मेहनतको कारण सम्भव भएको हो । । आज उनको चाह पूरा हुँदैछ ।भन्छिन आफ्नु चाहना पुरा हुँदा को खुशी हुँदैन । म पनि धेरै नै खुशी छु । मलाई यहि क्षेत्रमा आफ्नु उज्ज्वल भबिस्य खोज्नु छ । आफ्नु लक्ष्यलाई उचाईसम्म पुर्याउनु छ ।एकदिन लक्ष्यको देउराली टेक्नुछ ।