सिराहा ।अप्सन नेपालले श्री जनता आधारभुत बिधालय बेतहा कर्जनहा न.पा. वडा न. ६ सिरहाको प्राङ्गनमा १५० जना अति बिपन्न मूसहर बालबालिकाहरुलाई झोला , कपी र कलम बितरण गरेका छन्  ।

अप्सन नेपालका केन्द्रीय अध्यक्ष भोलाप्रसाद लोहनी र सिरहा शाखाको जिल्ला अध्यक्ष राजदेब कुशवाहा को सक्रियतामा संचालित कार्यक्रमको प्रमुख अतिथिमा स्थानिय न.पा.का मेयर गगां पासमान , अतिथिमा न.पा.का वडा अध्यक्षहरु र स्थानिय शिक्षकहरु , स्थानिय मान्यजनहरुको उपस्थिति रहेको थियो।

कार्यक्रम संचालनसंगै स्थानिय भद्र भलादमी , मान्यजन , प्रमुख अतिथि / अतिथिहरु र शिक्षकहरुलाई अप्सन नेपाल सिरहा शाखाका जिल्ला अध्यक्ष राजदेब कुशवाहाले खादा ओढाएर स्वागत गरेका थिए भने कार्यक्रम संचालन संस्थाकै सल्लाहकार धनीराम महतोले गरेका थिए।

उक्त बितरण कार्यक्रमको सौजन्य – कुसेश्वर यादबले [ झोला ] त्यस्तै  पा. नागेन्द्र पासमानले [ कापी र कलम ]
गरेका थिए ।