ज्ञानु बोहरा नेपाली कला जगतकि चर्चा कमाउदै गरेकी कलाकार हुन । विभिन्न सर्ट मुभी तथा म्युजिक भिडियोमा यिनले गरेको अभिनय आम दर्शकको रोजाइमा पर्ने गरेको छ । यिनको काम देखेर निर्देशकहरु पनि खुशी छ्न । किनकि उनको अभिनय क्षमता औसत कलाकारको भन्दा राम्रो छ ।
कलाकार बन्न राजधानी छिरेका हजारौं युवती मध्य एक हुन ज्ञानु । शरीर होइन प्रतिभा प्रदर्शन गर्नुपर्छ भनेर उनी एक्टिङको बाटोतिर लागिरहेकि छिन । भन्छिन एउटा कलाकारमा ग्लामरस कतिबेर रहला । उसको गाला चाउरी नपुरुन्जेल । तर प्रतिभा छ भने त्यो कलाकार जुगौ रहन सक्छ । उसको अभिनयले उसलाई जीवनभर सघाउछ ।
हाल उनी सर्ट मुभी र अन्य भिडियोमा ब्यस्त छिन । सन्देशमुलक जुनसुकै भिडियोमा अभिनय गर्न सक्छु भन्ने हिम्मत उनमा छ ।